काठमाडाैं । विदेशमा कमाएको रकम आइएमई गरेकी सेवाग्राही प्रमीला रोकायाले १ करोड रूपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमई मार्फत रकम पठाएकी थिइन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे ।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सञ्चालन गरेको थियो ।
आईएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।
आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए ।
‘आईएमई गरौं, उद्यमी बनौं’ योजना सार्वजनिक

आइएमइले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ ।
यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूको ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् ।
सँगसँगै प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक/एक जनाले आकर्षक उपहार र हरेक तीन/तीन महिनामा बम्पर उपहार जित्न सक्नेछन् ।
यसैगरी दसैं, तिहार तथा छठ पर्व लक्षित ’यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।
दैनिक पुरस्कारमा आइएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन् ।
हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर अथवा वासिङ मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेता हुनेछन् ।
मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन १६ प्राप्त गर्नेछन्। यसमा तीन जना विजेता हुने कम्पनीको भनाइ छ ।
बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्नेछन्। असोजदेखि साउन महिनासम्म लागू हुने यस योजनामा तीन जना विजेताहरूले बम्पर पुरस्कार प्राप्त गर्ने छन् ।
योजना सार्वजनिक गर्दै आइएमईका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य स्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।




















प्रतिक्रिया