Logo

अर्थ

सेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक २४७० बिन्दुमा



काठमाडौं । आज पनि सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५८.९३ अंक घटेर २४७० मा कायम भएको छ ।

१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रहेकाे छ । सबै क्षेत्रका सूचक घटेका छन् ।

आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ ।

फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेकाे छ ।

बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशतले घटेका छन् ।

आज अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशतले बढेकाे छ ।

आज हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेकाे छ । नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशतले मूल्य घटेकाे हाे ।

कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

‍एनएलजी इन्स्योरेन्सको १८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १५:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।