Logo

अर्थ

त्रिशूली थ्रिबी सबस्टेसनको काम छिटो सक्न ऊर्जामन्त्रीको निर्देशन



काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्रिबी हब २२०–१३२–३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन् ।

मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा समस्या आए समाधान गरी छिटो पूरा गर्न निर्देशन दिए ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा बेहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए ।

त्रिशूली थ्रिबी हब २२०–१३२–३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १५:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।