काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । नेप्से २५१९ अंकमा कायम भएको छ । आज ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको काराेबार भएकाे छ ।
२२३ कम्पनीको मूल्य बढ्दा १८ को घटेकाे छ भने ३ को स्थिर रहेकाे छ ।
आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया