काठमाडौं । सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।
नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।
रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा CITYPAY प्रोमोकोड प्रयोग गरी रु २०० रुपैंया रकमबराबरको बोनस ब्यालेन्स तथा हरेकदिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ ग्राहकलाई रु ५०० बराबरको बोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
साथै दशैतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ ।
सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा FLIGHT200 प्रोमो कोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने- ‘यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रा ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो। दशै,तिहार र छठको समयमा हाम्रा ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं। हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो।’
सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भूक्तानी गर्न सकिन्छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिद्धारा प्रवर्धित सिटी वालेट प्रा.लि. स्थापनाको निकै छोटो समयमा ग्राहकमाझ लोकपिय्र डिजिटल वालेटको रुपमा स्थापित ब्राण्ड रहेको कम्पनीको दाबी छ ।




















प्रतिक्रिया