Logo

अर्थ

सीजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै



काठमाडाैं । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सीजी केवाइसी, दायुन र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको छ ।

यो कार्यक्रम भक्तपुरको राधे राधेस्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ । कार्निभल बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ र यसमा रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, र सीजी केवाइसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन् ।

ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन् ।

साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेय पदार्थका स्टलहरू समावेश गरिएको छ । प्रदर्शनीमा राखिएका कुनै पनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको कम्पनी जनाएकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १६:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।