काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले धुलिखेलको अफ–रोड ट्र्याकमा ‘डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एड्भेन्चर’ गरेको छ ।
गत शुक्रबार डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एड्भेन्चर च्यालेन्ज, नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयूभी जेइको जेसिक्सको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको हो ।
यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारा भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीले जनाएको छ ।
धुलिखेलमा सम्पन्न कार्यक्रममा अफ–रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिताका साथै विशेष रूपमा तयार गरिएको अफ–रोड ट्र्याक मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ ।
ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, स्पिडब्रेकर, टाइट टर्निङ, खाल्डाखुल्डी आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्सले आफ्नो शक्तिशाली पर्फर्मेन्स तथा क्षमता प्रमाणित गरेको हो ।
जेइको जेसिक्सले यी सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गर्यो । २०० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी सस्पेन्सनको साथ, गाडीले प्राय: सवारीहरूलाई कठिन हुने अवरोधहरूलाई सहजै पार गर्यो । २२० न्युटनमिटरको शक्तिशाली टर्क र १३५ किलोवाटको मोटर पावरले गर्दा चुनौतीपूर्ण मोड तथा उकालो ओरालोका अवरोधहरू यस गाडीकले बिनाकठिनाइ पार गर्यो । जेसिक्समा रहेको ६५ किलोवाटआवरको ब्याट्रीले ट्र्याकलाई पटकपटक छिचोल्न पुग्ने गरी ४०० किलोमिटरभन्दा बढीको इस्टिमेटेड रेन्ज प्रदान गर्यो । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन, टाइट टर्निङ र ड्रिफ्टिङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ ।
एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया