Logo

खेलकुद

नेपाल प्रिमियर लिग क्रिकेट : ललित राजवंश जनकपुर र सागर ढकाल पोखरामा आवद्ध



काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्स र बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा आवद्ध भएका छन् ।

आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा उनीहरुले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए ।

तर राजवंशी चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् भने ढकाल लक्की ड्र मा पोखराले पाएको हो

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १६:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।