Logo

जनप्रतिनिधि

सरकारी कार्यालयमा मंगलबार आधा कर्मचारी मात्र उपस्थित



नुवाकोट । दसैंको पाँच दिन लामो बिदापछि मंगलबार सरकारी कार्यालयहरू खुलेका छन्। तर, नुवाकोटका अधिकांश कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहेका छन्।

पहाडी संरचना रहेको नुवाकोटमा कार्यरत सरकारी तथा संस्थानअन्तर्गतका कार्यालयमा कार्यरत ५० प्रतिशत कर्मचारी दसैं बिदा सकेएर कार्यालय खुलेको दिन अनुपस्थित रहे।

नुवाकोटमा सरकारी र संस्थानमा ५ सय बढी कर्मचारी कार्यरत छन्। तीमध्ये मंगलबार आधा कर्मचारी पनि उपस्थित नभएको पाइएको हो।

कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी टीका थाप्न टाढा टाढा पुगेका कारण उपस्थित हुन नसकेको सम्बन्धित कार्यालयले जनाएको छ। कर्मचारी नहुँदा सेवाग्राहीहरू मारमा परेका छन्।

कार्यालयहरूमा कर्मचारी कम उपस्थित रहेको आफूले पनि जानकारी पाएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले बताए।

प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार  ५ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।