Logo

जनप्रतिनिधि

हिन्दू राष्ट्र संविधानमा होईन, स्वाभिमानमा चाहिन्छ : मेयर शाह



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले हिन्दू राष्ट्र संविधानमा नभएर स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले आफूलाई बुद्ध बोलीमा नभएर ज्ञानमा चाहिने बताएका छन् । उनले लेखेका छन्-

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।https://www.facebook.com/share/p/Es9WLUVep2GFJLKA/

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ०४:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।