Logo

अर्थ

शिवम् होल्डिङग्सको लाभांश पारित



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडको लाभांश पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न आर्थिक वर्ष २०८०/०८१को वार्षिक साधारणसभाले सेयरधनीलाई ११ लाख ६० हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभा शिवम् होल्डिङग्सका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको थियो ।

शिवम् होल्डिङग्स कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्सी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । उक्त उद्योगका अलवा अन्य पूर्वाधार निर्माण र जलविद्युत् परियोजनाहरूमा समेत लगानी गर्न प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरू अगाडि बढाइएको बताइएको छ ।

त्यसैगरी शिवम् होल्डिङग्स कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १३:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।