Logo

अर्थ

आरएसडीसी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । आरएसडीसी लघुवित्तले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कुल १० प्रतिशतअन्तर्गत ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबर लाभांश कम्पनीले प्रदान गर्नेछ । यो लाभांश प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरिएको कम्पनीले जनाएको छ । साथै सो स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।