Logo

अर्थ

सरकारद्वारा सदर चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण



काठमाडौं । मन्त्रिपरिषद बैठकले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनमात्रै गर्दै आएको थियो । सन् १९३२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराको पालामा चिडियाखाना स्थापना भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १५:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।