काठमाडौं । सोमबार सेयर बजारमा भारी अकंकाे गिरावट आएकाे छ । आज परिसूचक नेप्से ५७.९९ अंक घटेर २६३९ मा कायम भएको छ ।
आज ५ अर्ब ९० करोडको काराेबार भएकाे छ ।
२३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेकाे छ । सबै क्षेत्रका सूचक घटेका छन् ।
आज सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीकाे २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया