Logo

अर्थ

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै



काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकाको वासिङटन डीसी जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन उनी सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १७:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।