Logo

अर्थ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ ।

मंगलबार पनि छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १०:५४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।