Logo

अर्थ

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण शेयर खरीद गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

सेयर खरिदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र सेयर खरिद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १०:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।