काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् ।
आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम पनि नियुक्तिका लागि सिफारिस भएको छ ।
डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् । अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको बताइन् ।




















प्रतिक्रिया