काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बुधबार अर्थात् कात्तिक २१ गते शोक बिदा दिइने भएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख गरेका छन् ।
सेवा आयोगका पूर्वअध्यक्ष शर्माको कात्तिक १६ गते निधन भएको थियो। शर्माको निधनमा त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द रहने सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया