काठमाडाैं । रवि दाईलाई विशेष हुनुपर्छ भन्नुकाे खास अर्थ हाेला र मित्रहरू ? सत्य के हाे त ? रविभन्दा अगाडि सहकारी ठगि प्रकरणमा ६ सय भन्दा बढी पक्राउ परेका छन् । यो मात्र पहिलो घटना हुँदै होईन। घण्टी मित्रहरू कानुन नबुझेझै गरेर यसाे भनिरहेका छन् सायद ।
रवि दाेषी अझै भइसकेका छैनन्, हाल न्यायीक अनुसन्धानकै क्रममा छन् । प्रहरीले अनुसन्धान गरिरहेकाे छ । अन्य आराेपीमाथि जसरी अनुसन्धान हुन्छ ( हिरासतमा राख्न अदालतकाे अनुमति) त्यसै गरि उनीमाथि पनि अनुसन्धान जारी छ।
तर, अरू सबै अनुसन्धानमा सघाइरहेका छन् । `जान्नेलाई छान्ने´ भन्ने घण्टी मित्रहरू यसरी पाेखराकाे सुन्दर माहाेल खराब गरिरहनुभएकाे छ । टायर बाल्न शुरू गर्नु भएको छ । छुद्र उहीँ पुरानै नारा भट्याइरहनुभएकाे छ ।
कानूनले ढिलाई गर्ला तर, दाेषीमाथि कारबाही हुन्छ उन्मुक्ति दिँदैन । नपत्याए, खुमबहादुर, गाेविन्दराज, बालकृष्ण, टाेपबहादुर हेर्नुस् । कति पुरानाे मुद्दामा दिपक मनांगे ताजा उदाहरण छन् । कानूनलाई काम गर्न दिनुस्, भिडतन्त्रमा लगेर लामिछाने छुटाउने दिवासवप्न छाडिदिनुस् । ड्यू प्राेसेस´ पूरा गर्न समय लाग्छ नै ।
रविकै कारण रास्वपा बन्यो सत्य हाे । विदेश जान कन्सल्टेंसी कुदिरहेका बेला, एनजीओ, म्यानपावर चलाईरहेका बेला, अन्य पार्टीमा सक्रिय रहेका बेला तपाईं धेरैकाे कल्पनाभन्दा बाहिरकाे सांसद, मन्त्री पदकाे विधाता रवि बनेकाे सत्य हाे। रवि नभए हाम्राे भाेलि के हाेला ? भन्ने साेचेर अत्यास लाग्दा बर्बराउनु,चिच्याउनु, रूनु, कराउनु, उफ्रिनु सामान्य लक्षण हाे मानवीय रूपमा ।
तर, सम्हालिनुस घण्टी मित्रहरू । बज्छ भनेर जतिबेला जहाँ पनि घण्टि बजाएकाे सुमधुर सुनिन्छ र ?
न्यायीक प्रक्रिया जारी छ, सहकारी ठगीकाे अनुसन्धान हुँदैछ । दाेषी भए कारवाही हाेला, निर्दाेष भए सफाइ पाउलान् । घाँटी बचाउँदै ठिक हाेला । पाेखरामा ध्वनी प्रदूषण बन्द गर्नुस्, याे अनावस्यक कर्कश बन्द गर्नुस् ।
प्रतिक्रिया