Logo

समाचार

क्यान महासंघका कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित



काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

जापानमा हालै सम्पन्न असोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४–२६ कार्यकालका लागि सो पदमा पुनः निर्वाचित भएका हुन् ।

कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२०–२२ मा सहउपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १६:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।