काठमाडाैं । कीर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । महर्जनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
५५ वर्षीय महर्जन मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन लागेका हुन् ।
सरसफाइ कार्यक्रममार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् ।
आफूलाई कीर्तिपुरको मेयरमा धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि समर्थन रहेको उनले बताए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका तर्फबाट पनि आफूलाई कुराकानीका लागि फोन आएको उनले बताए ।
प्रतिक्रिया