Logo

प्रमुख समाचार

प्रहरी हिरासतमै रास्वपा बैठक !



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेर अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारीकाबीच रास्वपाका नेताहरू हिरासतमै बैठक बसेका हुन् ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ९ : ४० बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।