Logo

प्रमुख समाचार

अहिलेको सरकार छ भने पनि मरेको अवस्थामा छ : अध्यक्ष लिङ्देन



काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार असफल भएको आरोप लगाएका छन् ।

काभ्रेको बनेपामा राष्ट्रिय प्रजातन्त्र पार्टीको ८ औं जिल्ला अधिवेशनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकार छ भने पनि मरेको अवस्था भएको टिप्पणी गरे ।

असोजको दोस्रो साता आएको बाढी र पहिरोजस्ता विपदको समयमा सरकारले राहत र उद्धारमा सक्रियता देखाउन नसक्नु, महँगी रोकथाम गर्न नसक्नुले सरकार भएको आभाष जनताले गर्न नपाएको उनले बताए ।

उनका अनुसार, अहिले हामी सबैले महँगीको मार खेपिरहेका छौं, सधैं यस्तै हो भन्दै उपभोक्ताहरु चुप बसिरहेका छन्, यस विषयमा बोलेर पनि केही हुँदैन भनेर मौन बसेका छन् ।

‘हाम्रा छोराछोरी विदेशिएर दुःख, श्रम गरी आएको रेमिटेन्सकै भर देश चलिरहेको छ,’ उनले भने, ‘रेमिट्यान्स नभएको भए देशमा अर्थतन्त्र चलायमान हुने थिएन ।’

बुधबारबाट सुरु भएको राप्रपा जिल्ला अधिवेशन बिहीबार सकिने तालिका छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार ०९:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।