Logo

जनप्रतिनिधि

४ गाँउपालिका उपप्रमुखमा महिला मात्रै उम्मेद्‌वार बन्ने



काठमाडौं । उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् ।

निर्वाचन आयोगकाअनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका हुन् ।

ती गाँउपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्‌वार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  १२ : ५१ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।