Logo

राजनीति

दैलेखको तरुण दल जिल्ला कार्यसमिति अध्यक्षमा विश्वकर्मा मनोनयन



काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल जिल्ला कार्यसमिति दैलेखको अध्यक्षमा मिलन विश्वकर्मालाई मनोनयन गरेकाे छ ।

दैलेखको अध्यक्षमा महाबु गाउँपालिका वडा नं ६ का विश्वकर्मालाई मनोनयन गरिएको नेपाल तरुण दलका ‍अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

तरुण दलको विधान, सिद्धान्त र केन्द्रको नीति निर्देशन बमोजिम जिल्ला अध्यक्षको जिम्मेवारी पुरा गर्ने विश्वास अध्यक्ष गुरुङले लिएका छन् । साथै विश्वकर्माकाे कार्यकालमा त्यस जिल्लामा दलको संगठन अझ सुदृढ र सुसंगठित हुने गुरुङले बताए ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  २ : ०४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।