काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले सभापति रवि लामिछानेको समर्थनमा बिहीबार मोटरसाईकल र्यालीसहित प्रदर्शन गरेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका लामिछानेको समर्थनमा रास्वपाका कार्यकर्ताहरूले बुटवलदेखि भैरहवासम्म र्याली गरेका हुन् ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मंगलबार मौखिक बयान लिइएको थियो भने बुधबार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि बिहीबार पुनः बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय उपस्थित गराइएको छ ।
रविको बयान आजै सकिने र ४. ४० को फलाईटमा उनलाई पुनः पोखरा पठाइने गरी प्रहरीले तयारी गरेको छ । पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यालयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया