Logo

प्रमुख समाचार

जसपा नेपालबाट कीर्तिपुरमा तेस्रो लिङ्गी उम्मेदवार



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको ‘मायाको पहिचान नेपाल’को पहलमा जसपा नेपालले दुई पदमा अल्पसंख्यकलाई मौका दिएको हो ।

तेस्रो लिङ्गी महिला एवम् कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनी महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपाले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १४:०४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।