Logo

समाचार

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा



काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

अहिले सानो गौचरणमा उनीप्रति अन्तिम श्रद्धान्जली दिन सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ । नेपाल सरकारले राजकीय सम्मानका उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

उनको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ भने, झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १२:१३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।