Logo

समाचार

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग



काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा १९ बमोजिम दरखास्त आह्वान गरेको हो ।

३० वर्ष नाघेको र सूचना प्रविधि सम्बन्धित विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । यस्तै, आवेदकले व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको व्यक्तिले दश दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १५:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।