Logo

समाचार

धरहरा उद्घाटनको दुई महिनामै किन भयो बन्द?



काठमाडौं । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको दुई महिनामै धरहरा बन्द भएको छ ।  दुई महिनामै धरहराको टुप्पोमा पुर्‍याउने लिफ्ट बिग्रिन थालेको छ ।

लिफ्ट बिग्रिएपछि निश्चितकालका लागि धरहरा बन्द गरिएको सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले बताए ।

उनले भने, ‘लिफ्ट बनेपछि सञ्चालनमा आइहाल्छ ।’ २०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १०:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।