काठमाडौं । प्रभु बैंक लिमिटेडका सीईओ अशोक शेरचनले अनलाइनपानामा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । अनलाइनपानाले सत्य तथ्य र निष्पक्ष रुपमा प्रकाशन गर्दै आएका प्रमाणसहितका समाचारको खण्डन गर्दै उक्त समाचारको खण्डन गरेका हुन् । प्रकाशित समाचारले आम पाठकहरुलाई नकारात्मक सोच एवं गलत धारणा बनाउन प्रेरित गरेको भनी आपत्ति जनाए। उनले भनेका छन् – ‘मेरो तस्विर सहित मेरो व्यक्तिगत चरित्र हत्या गर्ने एवं सामाजिक प्रतिष्ठामा प्रत्यक्ष नकारात्मक असर पर्ने समाचार प्रकाशित भएकोमा खण्डन गर्दछु।’
उनले आँफूबिरुद्द नेपाल राष्ट्र बैंक, प्रहरी प्रधान कार्यलय र सीआईबीमा परेको उजुरी समेत झुट्टा तथा भ्रामक भएको बताएका छन् । तर सम्बन्धित निकायले दिएका पत्रका आधारमा सामग्री प्रकाशन भएको छ । हामीले प्रकाशन गरेका समाचार सामाग्री बैंकभित्रका वित्तीय काम कारबाही, कर्मचारी सँस्थागत सुशासनमा कमजोर रुपमा प्रस्तुत भएको भन्दै शेरचनविरुद्द नेपाल राष्ट्र बैंकमा परेका उजुरी, नेपाल राष्ट्र बैंकले निकालेका प्रतिवेदनमाथिको कारबाही, बैंककै व्यवस्थापनले निकालेका सर्कुलर आदि तथ्यपरक सामाग्री हुन् ।
शेरचनले आँफू प्रभु बैंकको प्रमुख कार्यकारी पदमा रहँदा सिमा र परिधीभित्र रहेर कर्जा दिएको बताएका छन् । जबकी उनले आफ्नै ससुरा हरिकृष्ण भट्टचन र जानकी मेडिकल कलेजका नाममा स्वार्थ बाझिने गरी अर्बौं कर्जा प्रवाह गरेका छन् । तर हाल ससुरा भट्टचनले उक्त कलेज अरुको नाममा नामसारी गरिसकेका छन् तर उनीविरूद्ध केन्द्रिय अनुसन्धान व्युरो सिआईबीमा समेत उजुरी परेर अनुसन्धानकै क्रममा छ। यस बिषयको समेत उनले खण्डन गरेका हुन् ।
शेरचनले सहकारी रकम अपचलनमा हाल जेलमै रहेका शिव शिखर एग्रोका संचालक केदारनाथ शर्मा र उनकी श्रीमती साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईका नाममा प्रभु बैंकबाट प्रवाह भएको कर्जा निष्क्रिय भएर नउठ्ने अवस्थामा रहेको प्रमाणसहितका समाचारप्रति समेत आपत्ति जनाएका छन् ।
एक बर्ष अघि लेखिएका समाचार हेर्दै त्यसको खण्डन आँफैले हस्ताक्षर गरेर पठाउन भ्याएका शेरचनले अर्को संचारमाध्यलाई पठाएको व्यहोरा एडिट गर्न भने भ्याएनन् ।
सीईओ शेरचनको खण्डन :




















प्रतिक्रिया