Logo

धर्म / संस्कृति

महामन्त्री विश्वप्रकाश शर्माद्धारा विश्व प्रसिद्ध गढीमाई मन्दिरकाे दर्शन



बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज विश्व प्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन् । उपनिर्वाचनको क्रममा रहेका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन् ।

उपनिर्वाचनको क्रममा मधेश प्रदेशको विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन आज मधेश छिरेका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए ।

गढीमाई दर्शन गरेपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको क्रममा माता गढीमाईसंग दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित र खुसी भएको बताए ।

विश्वमै चर्चित एवं पवित्र धार्मिक स्थलको रूपमा रहेको बरियारपुरको गढीमाई माताको दर्शन गर्ने बिहानै सौभाग्य प्राप्त हुनु आफैंमा निकै खुशीको क्षण भएको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १२:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।