Logo

समाचार

पत्र नबुझेपछि हुलाकबाट महानगरले एमालेलाई पठायो जरिवानाको चिट्ठी



काठमाडौं । सत्ताको नेतृत्व गरिरेहको दल नेकपा एमाले र काठमाडौं महानगरबीच शुक्रबारदेखि विवाद चलिरहेको छ ।

नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभापति काठमाडौं महानगरपालिकाले कार्यक्रममा सडक र पेटीमा फोहाेर गरेको भन्दै पत्र काटेको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

आइतबार काठमाडौं महानगरको टोली दलबलसहित १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेको थियो । तर एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गर्दै पत्र बेठिक ठाउँमा आएको बताए ।

एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिट्ठी बुझाउन उनले आग्रह महानगरको टोलीलाई आग्रह गरे । काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे ।

एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिवाना पत्र हुलाक र इमेलमार्फत पठाएको जनाएकाे छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १२:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।