Logo

समाचार

बाला चतुर्दशीमा पशुपति आसपास मासु, मदिरा बेच्न रोक



काठमाडाैं । बाला चतुर्दशीमा पशुपति क्षेत्रमा मासु, मदिरा बेच्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहीबारदेखि शनिबारसम्म पशुपति क्षेत्र आसपास मासु, मदिरा बेचबिखनमा रोक लगाएको हो ।

गौशाला मित्रपार्कदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण लगायत पशुपति क्षेत्रको सबै भूभागमा मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १६:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।