Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो । साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार  ३ : ४९ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।