Logo

जनप्रतिनिधि

बालेनको कार्यकक्षबाट किन हटाइयो ग्रेटर नेपालको नक्सा ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षबाट ग्रेटर नेपालको नक्सा हटाइएको छ । २०८० जेठ २५ गते ग्रेटर नेपालको नक्सा राखेर बालेन टीमले ठूलो मिडिया हल्ला गरेको थियो ।

आज बालेनले आफ्नो कार्यकक्षमा वडा नम्बर १६ की नवनिर्वाचित अध्यक्ष रोजिना श्रेष्ठलाई शपथ खुवाउँदा सार्वजनिक भएको भिडिओ तथा तस्बिरमा ग्रेटर नेपालको नक्सा कतै देखिएन ।

नक्सा सार्वजनिक गर्दा व्यापक हल्ला गरिए पनि नक्सा हटाइएकोबारे गुपचुप राखिएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार  ९ : १४ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।