Logo

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेट



बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजू राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए ।

प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा सोमबार अपराह्न यहाँ आइपुगेका हुन् ।

प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार  ९ : २० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।