Logo

अर्थ

सेयर बजारसँगै कारोबार पनि घट्यो



काठमाडौं । सेयर बजार आज पनि घटेकाे छ । नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा कायम भएको छ ।

आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन् ।  आज ९२ कम्पनीको मूल्य बढ्दा १३८ वटाको घटेको छ। आज १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार हिजोको तुलनामा कम हो ।

आज स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यो लघुवित्तको मूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ३५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १५:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।