Logo

अर्थ

एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने



काठमाडाैं । एनएमबि बैंक लिमिटेडको बैंकिङ्ग सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । बैंकको डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने भएको हो ।

बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउने छैनन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १३:३९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।