काठमाडौं । गरिमा विकास बैंकको कोष प्रवर्द्धनमा गरिमा समृद्धि योजना पुस ७ देखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ ।
बन्दमुखी यस योजना छिटोमा पुस ११ र ढिलोमा २१ गतेसम्म आवेदन खुल्नेछ । प्रतिइकाइ १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १०० र अधिकतम १ करोड इकाइका लागि आवेदन दिनुपर्ने छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
कुल १ अर्ब रुपैयाँको १० करोड इकाइ जारी हुनेमा ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिन लागेको हो ।




















प्रतिक्रिया