काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ ।
बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि आज (मंसिर २६ गते) देखि पुस ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । नागरिक लगानी कोषको संस्थापक सेयरको न्यूनतम मूल्य ७६३ रुपैयाँ तोकिएको छ भने सूर्योदय वोमीको २७७ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता सेयर अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँ र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका जिल्ला कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया