Logo

अर्थ

चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले निरन्तर उत्पादन र सेवा नेपाली बजारमा जारी राख्ने



काठमाडाैं । डेयुन अटोमोटिभ्सले चिनियाँ सरकारको बलियो समर्थनका साथ उत्पादन र सेवा निरन्तरता सुनिश्चित गर्ने भएको छ । डेयुन समूह, चीनको इलेक्ट्रिक गाडी (EV) उद्योगको एक प्रतिष्ठित कम्पनी हो, जसको उत्पादन पोर्टफोलियोमा हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू समावेश छन्। डेयुन समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा एक बलियो प्रतिष्ठा बनाएको छ ।

२००४ मा वाणिज्यिक गाडी क्षेत्रमा सफल प्रवेश पछि र २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा सामेल भएपछि, डेयुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्ना स्थानलाई मजबुत बनाएको छ। ६ वटा उत्पादन केन्द्र र १.८७ मिलियन गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभवले यसको सफलता कायम राख्न सहयोग पुर्याएको छ ।

हालैका केही महिना अघि कुनै आधिकारिक घोषणा र प्रतिबद्धताबिना, चिनियाँ मिडियाबाट आएका नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको भन्दै कम्पनीले बिग्यप्ती निकालेको छ यद्यपि, चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनःसंरचनना सँगै कम्पनीले जनवरी २०२५ मा उत्पादन पुनः सुरु गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, र नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनएको छ ।

नेपालको सन्दर्भमा, बिना कुनै आधिकारिक समाचार, केही नेपाली अनलाइन मिडियाहरूले डेयुन अटोमोटिभ कम्पनीका बारेमा गलत रिपोर्टहरू प्रकाशित गरेका छन्, जसले कम्पनीको वर्तमान अवस्थाबारे गलत जानकारी दिएका छन् ।

यी रिपोर्टहरू भ्रामक छन् र कम्पनीको वास्तविक स्थिति प्रतिबिम्बित गर्दैन। डेयुनले यसलाई असत्य भनेको छ र जनतालाई सही जानकारीका लागि प्रमाणित स्रोतहरूमा निर्भर हुन आग्रह गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरु पूर्ण प्रतिबद्ध छ र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १३:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।