Logo

अर्थ

घरजग्गा व्यवसायलाई धराशायी हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटनमा उनले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने बताए । ‘सरकारले यो व्यवसायलाई धराशायी हुन दिँदैन । यो म दाबीका साथ भन्छु’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईँहरूले भनेको सय प्रतिशत माग पुरा नहोला । यो व्यवसायलाई अगाडी बढाउनेगरि सरकारले यहाँहरुको समस्यालाई सुन्छ । समस्या समाधान गर्छ र व्यवसायलाई प्रवर्द्धन गर्छ ।’

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १६:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।