काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटनमा उनले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने बताए । ‘सरकारले यो व्यवसायलाई धराशायी हुन दिँदैन । यो म दाबीका साथ भन्छु’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईँहरूले भनेको सय प्रतिशत माग पुरा नहोला । यो व्यवसायलाई अगाडी बढाउनेगरि सरकारले यहाँहरुको समस्यालाई सुन्छ । समस्या समाधान गर्छ र व्यवसायलाई प्रवर्द्धन गर्छ ।’
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे ।




















प्रतिक्रिया