Logo

अर्थ

नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्स्फर



काठमाडौं । डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फन्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबर्द्धन गर्न १६ वर्ष पुगेको अवसरमा एनसीएचएलले ग्राहकका लागि यस्तो अफर ल्याएको हो ।

अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्टआईपीएस प्रयोगकर्ताले १६ पुससम्म नेपालपे इन्स्ट्यान्ट मार्फतविना शुल्क ३१ बैंक तथा वित्तीय संस्थामा फन्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

नेपालपे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १०:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।