Logo

अर्थ

चिलिमे जलविद्युत् कम्पनीकाे लाभांश घाेषणा



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

चिलिमे सञ्चालक समितिको १ पुसमा बसेको ४३८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख २ सय ३ को हकमा नगद र बोनस सेयर गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । यो भनेको ९५ करोड ८० लाख ७९ हजार ६ सय ६४ रुपैयाँ बराबर हुन्छ ।

कम्पनीका अनुसार १० प्रतिशतका दरले हुन आउने बोनस सेयर ७९ करोड ८३ लाख ९९ हजार ७ सय २० र २ प्रतिशतका दरले हुन आउने १५ करोड ९६ लाख ७९ हजार ९ सय ४४ रुपैयाँ बराबर नगद लाभांश दिइने छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १३:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।