काठमाडौं । पुस ५ देखि ७ गतेसम्म काठमाडौँमा पाँचौं नेपाल प्रिन्ट प्याक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसले विगतका वर्षहरुझैं यस वर्ष पनि प्रदर्शनी गर्न लागेका हुन् ।
भृकुटीमण्डपमा आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।
उक्त प्रदर्शनीले प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनीको सहआयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाका रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ छन् । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादक सहभागी हुने आयोजकले जनाएको छ ।




















प्रतिक्रिया