काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
हाल चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।




















प्रतिक्रिया