Logo

अर्थ

कृषि विकास बैंककाे लाभांश घोषणा, अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद दिने



काठमाडाैं । कृषि विकास बैंकले गत आवका लागि १०.५३ प्रतिशत लाभांश दिने भएकाे छ ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १०:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।